नेपाल आयल निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा : कार्यकारी निर्देशक भट्ट

 पुष २६, २०८१ शुक्रबार १५:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभएको छ ।

नेपाल आयल निगम लिमिटेडको ५५औं वार्षिकोत्सवको अवसरमा आज भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले समयमा नै अन्तिम लेखापरीक्षण कार्य सम्पन्न गरिएको र झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभयो । उहाँले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ हुँदै गएको उल्लेख गर्नुभयाे ।

२०७१ सालदेखि निगमले इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निगम तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताउनुभएको छ । अबका दिनमा नयाँ विकल्प नखोज्ने हो निगम टिकिरहन नसक्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया