सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब रुपैयाँभन्दा धेरै भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर चार अर्ब ७३ करोड पुगेको छ ।
यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ जना रहेको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा १८ हजार चार सय नौ जनाले धेरै हो ।
यस्तै पाँच महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ जना छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ३२ हजार आठ सय ८३ जनाले धेरै हो ।
यस्तै विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति पाँच महिनामा ११ दशमलव ४ प्रतिशतले बढेर झन्डै पौने २३ खर्ब रुपैयाँ पुगेको हो ।
यस्तै पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ ।
यस्तै मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ६ दशमलव शून्य पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष मङ्सिरमा मूल्यवृद्धि ४ दशमलव ९५ प्रतिशत रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।