बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो,...
पुस २६, २०८१ शुक्रबार
अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो फैलिएर नयाँ क्षेत्र भेन्टुरा काउन्टीमा पुगेको छ । आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर सात जना पुगेको छ ।
लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको जानकारी दिनुभयो । यसअघि इटनमा आगलागीका कारण पाँच जनाको ज्यान गएको थियो । आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बीबीसीले जनाएको छ ।
लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा पनि आगलागी शुरू भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिएर अन्य विभिन्न क्षेत्रमा पुग्ने बताउनुभएको छ । उहाँले प्रशासनको आदेशको पालना गरी प्रभावित क्षेत्र खाली गर्न नागरिकलाई आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।