पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएकाे आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय

 पुष १२, २०८१ शुक्रबार १२:३४:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको सैन्य अदालतले गएको वर्ष पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जनालाई सजाय सुनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गएको वर्षको ‘मे’ महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो । उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभियान चलाएका थिए । भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो ।

पाकिस्तानमा दशकौंदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गएको वर्ष आन्दोलनमा सहभागी भएका अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो ।

यसअघि गएको शनिवार २५ जनालाई दोषी ठहर गरिएको थियो । फैसलाअनुसार उनीहरू सबैलाई दुईदेखि १० वर्षसम्मको कठोर कारावासको सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकालेर पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव रहेको बताएको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया