अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
जलवायु परिवर्तनका प्रभाव घटाउने प्रयोजनका लागि एशियाली विकास बैङ्क (एडीबी) ले पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराको छ ।
पाकिस्तानको विकास तथा देशमा प्राकृतिक प्रकोपका लागि जलवायु संरक्षण र सुरक्षा कार्यक्रमका लागि ५० करोड अमेरिकी डलर नीति–आधारित ऋणको स्वीकृत गरेको एडीबीले जनाएको छ ।
पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण प्राप्त भएको भन्दै यसका लागि एडीबीलाई धन्यबाद दिनुभयो ।
यसैबीच पाकिस्तानले जलवायु परिवर्तनको विनाशकारी प्रभावसँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलर माग गरिरहेको छ ।
जलवायु परिवर्तनका कारण पाकिस्तानले बाढी पहिरोजन्य विपदसँगै खडेरीको समेत सामना गरिहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।