विप्लव नेतृत्वको नेकपाले जुम्लामा दोस्रो पटक स्याउ रोप्याे
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – बितेको सय दिनमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नयाँ सरकार गठन भएको सय दिनमा एक लाख ५० हजार थप किसान सूचीकृत भएसँगै सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ ।
किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । यस्तै उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले गएको आर्थिक वर्षको एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार रुपैयाँ प्रोत्साहन अनुदान रकम उपलब्ध गरेको मन्त्रालयले जनाएको छ ।
बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । सय दिनको अवधिमा पशुधन बीमातर्फ ३७ हजार छ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको छ । यस्तै नेपाल सरकारले ६० करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरी धेरैजसो किसानको जेठ मसान्तसम्मको दूधको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।