शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
मोरङ – विराटनगर भन्सार कार्यालयले आठ वटा जलविद्युत् कम्पनीको करोडौँ रुपैयाँको सामान रोकिदिएको छ । आठ वटा जलविद्युत् आयोजनाले आयात गरेका १३ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरका सामान गएको बुधवारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।
आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, मेवा डेभलपर्स, सानभी इनर्जी र हिमपर्वत हाइड्रोपावर कम्पनीको सामान भन्सारमा रोकिएका उहाँले बताउनुभयो ।
भारतबाट आयात भएका जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उपकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण भन्सारमा नै रोकिएका छन् ।
जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले मात्र आयोजनासँग सम्बन्धित सामान ल्याएमा मात्रै भन्सार पास गर्ने व्यवस्था रहेको तर अहिले विभिन्न कम्पनीका नाममा सामान आएकाले समस्या भएको भन्सारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।