सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै - मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. लोकविजय अधिकारीका अनुसार नेपाल सधैँ नै भूकम्पीय जोखिममा छ । भूकम्प कहाँ र कतिबेला जान्छ भनेर पूर्वानुमान गर्न नसकिने हुँदा ठूलो भूकम्पबाट हुनसक्ने क्षति घटाउन पूर्वतयारी आवश्यक रहेकोमा उहाँको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।