विदेशी रक्सीको 'प्याकेजिङ' मा अवैध कारोबार गर्ने दुई जनाविरु...
फागुन १४, २०८१ बुधबार
दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नं १८ घौरदौराका स्थानीयले आफूहरूलाई खानेपानी व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरेका छन् ।
जिल्ला सदरमुकाम घोराहीबाट नजिकै रहेको पर्यटकीय गाउँ घोरदौरामा पानीको हाहाकार जस्तै छ । उनीहरूले घोराहीबाट ट्याङ्करमा पानी ल्याएर आफूहरूले खानुपर्ने अवस्थाको अन्त्य गरिदिन माग गरेका हुन् ।
मत माग्न घौरदौरा पुगेका उम्मेदवारहरुलाई उनीहरूले भोट माग्नेले गाउँलेका समस्या पनि समाधान गर्नुपर्ने बताए । घौरदौरमा ८२ घरधुरी रहेका छन् । पाइपबाट अल्पकालीन रूपमा पानीको प्रयोग गरिरहेका छन् । गर्मीयाममा घोरदौराबासीलाई सदरमुकाम घोराहीबाट ट्याङ्करमा पानी पुर्याएर खुवाउने बाध्यता छ ।
स्थानीय दीपक नेपालीले घौरदौरा स्वास्थ्य क्लिनिकको स्तर वृद्धि गर्नुपर्ने बताउनुभयो ।
'यहाँका जनताको समस्या एउटा छ, नेताहरूले अनावश्यक क्षेत्रमा लगानी गर्छन्', उहाँले भन्नुभयो, 'उपमहानगरपालिका भएर पनि हामी धेरै सुविधाबाट बञ्चित भएका छौं ।'
सडकको स्तर वृद्धि गरेर कालोपत्रे गर्नुपर्ने स्थानीयहरूले बताएका छन् । घौरदौराका सबै घरमा बिजुलीसमेत पुग्न सकेको छैन । घौरदौरा टोलका अध्यक्ष तेजबहादुर बुढाले विद्यालयको भौतिक पूर्वाधार अस्तव्यस्त भएकाले निकै समस्या परेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।