बीमा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

 असोज ९, २०७५ मंगलबार १४:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार काठमाडौंमा २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको उद्घाटन गर्नु भएको हो । विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) लेसम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बीमा क्षेत्रमा देखिएको जोखिम न्युनिकरण गर्न सबै पक्षलाई अनुरोध गर्नुभयो । उहाँले प्रविधिको नयाँ–नयाँ प्रयोगसँगै बीमा क्षेत्रमा पनि चुनौती थपिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढ्न विकाशशील राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालले बीमामार्फत् नागरिकलाई सशक्त बनाएर गरिबी निवारण गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले बीमा सेवाले सामाजिक–आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

२ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी करिब २ सय तथा स्वदेशी झण्डै ४ सय बढीको सहभागिता रहेको छ । सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्युनिकरणमा बीमा कम्पनीहरुको भूमिकाका विषयमा पनि विस्तृत छलफल हुने बीमा समितिले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया