अमेरिकालाई चीनकाे चेतावनी– ‘कुनै पनि प्रकारको युद्धका लागि ...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्स्पो–२०२२ को यहाँ बिहीवार उद्घाटन गर्दै उहाँले नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानुसमेत सरकारको प्राथमिकताको विषय रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भव हुँदैन, निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।’ व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रवर्द्धनमा सहयोग पुग्नुका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसतर्फ आउँदा दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बङ्गलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।
प्रधानमन्त्री देउवाले निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शले सरकार, निजी क्षेत्रबीच सहकार्य र समन्वय अभिवृद्धि गर्न बलियो सेतुको काम गर्दै आइरहेको उहाँको भनाइ छ । प्रदर्शनीले कोभिड–१९ का कारण शिथिल भएको देशको व्यापार तथा अर्थतन्त्रलाई थप गति र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक वातावरणलाई चलायमान बनाउन टेवा पुग्ने बताउनुभयो ।
प्रदर्शनीका दौरानमा हुने उद्यमी–व्यवसायीबीचको अन्तक्रिया र आयात–निर्यातसम्बन्धी विषयको सूचना आदानप्रदानले दुई वा त्योभन्दा बढी देशका उद्यमी व्यवसायीबीच व्यापारिक क्रियाकलाप सञ्चालनमा आवश्यक समन्वयसमेत गर्न सघाउ पुग्ने उहाँको विश्वास छ ।
नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्दीन नोमन चौधरीले प्रदर्शनीले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विशेष गरी नेपाली सिस्नोका कपडा, ढाकाका कपडालगायतका वस्तुको उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।