वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।
‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले ब्रान्ड न्यू यामाहा आर –३ जित्न सक्नेछन् ।
‘चाडबाडको रौनकलाई अझ उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौँ । हामीलाई आशा छ, नगद छुट र साप्ताहिक लकी ड्रले हाम्रा ग्राहकलाई रोमाञ्चित गराउनेछ,’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नुभयो ।
नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याच कार्डमार्फत कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा यामाहा आर –३ जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले बाइकको पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र माइलेज बढी दिने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।