वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – शेयर बजार परिसूचक नेप्से लगातार तेश्रो दिन आज पनि बढेको छ ।
हिजो ८ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर १२ सय ६ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा घट्दो क्रममा रहेको नेप्से आज १८ दिनपछि १२ सयको बिन्दुबाट माथि उक्लिएको हो । दिउँसो एक समय २४ अंकले बढेर नेप्से १२ सय १४ अंक भन्दा माथि पुगेको थियो ।
नेप्से बढेको बेला नाफा बुक गर्नेहरुले शेयर बेच्न थालेपछि बजार फेरि घटेको थियो । आज होटल र अन्य समूहको सुचक घटे पनि अरु सबै समूहको परिसूचक बढेकाले नेप्सेमा १६ अंकको सुधार आएको हो ।
नेप्सेमा आज कारोबार रकम झण्डै २४ करोडले बढेको छ । आज ५४ करोड ६० लाख रुपैयाँ बराबरका झण्डै १८ लाख कित्ता शेयर किनबेच भएको हो । आज लक्ष्मी बैंक लिमिटेड र काबेली विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । लक्ष्मी बैंक र एभरेष्ट बैंक मर्जरमा जाने हल्ला चलेका कारण लक्ष्मी बैंकको शेयर बढेको हो ।
यस्तै काबेली विकास बैंकले आज ३५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको थियो । शेयर बजार बढे पनि आज नाग्दी ग्रुप पावर लिमिटेडका शेयर धनीले सबैभन्दा बढि ७ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।