डलरको भाउ फेरि बढ्याे: डिजेल, पेट्राेलकाे भाउ बढ्न सक्ने

 भदौ १६, २०७५ शनिबार १४:१५:१५ | उज्यालो सहकर्मी

काठमाडाैं -  निरन्तर उकालो लागिरको डलरको भाउ नेपाली बजारमा शनिबार पनि थप महंगो भएको छ ।

आज १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ । शुक्रबार डलरको भाउ १ सय १३ रुपैयाँ ४९ पैसा थियो । आज शनिबार अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ । 

नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो ।  अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । 

डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र बस्तु निकासी लगायतका केहि क्षेत्रमा फाइदा भएपनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । 

त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठुलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया