गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
डोटी, जेठ ११ – प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको अछामको साँफेबगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि आज शुक्रबार गरिएको परीक्षण उडान सफल भएको छ ।
विमानस्थल कालोपत्रे भएपछि समिट एयरको जहाजले परीक्षण उडान गरेको हो । नाइन एनएएमपी कलसाइन भएको जहाजले विहान परिक्षण उडान गरेको साँफबगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिनु भयो । । विमान हुम्लाको सिमिकोटबाट साफेँबगरमा अवतरण भई त्यहाँबाट नेपालगञ्जका लागि उडेको थियो । १८ सिटे विमानलाई सिनियर पाइलट क्याप्टेन एडी शेर्पाले उडाएका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले परीक्षण उडान आफ्नै लगानीमा गर्दै आएकोमा आज शुक्रबार गरिएको परीक्षण उडान भने अनुरोधमा गरिएको हो । नेपालगञ्जबाट प्रदेश नम्बर ७ को बाजुरामा कहिलेकाही उडान गर्दै आएकोमा अन्य स्थानमा भने उडान बन्द रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।