नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ
माघ ६, २०८१ आइतबार
पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतले खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । अदालतले खानकी पत्नी बुशरालाई सात वर्षको जेल सजाय सुनाएको एएफपीले जनाएको छ । अदालतले खानलाई १० लाख र उनकी पत्नी बुशरालाई पाँच लाख जरीवाना पनि तोकेको छ ।
अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेशनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो ।
पूर्वप्रधानमन्त्री खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् र उनीमाथि झन्डै दुई सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा आफूलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको उनको दाबी छ ।
खानकी पत्नी बुशरा बीबी भर्खरै जेलबाट रिहा भएकोमा फैसलापछि आज अदालत परिसरबाटै पक्राउ गरिएको छ । आज बिहान अदालतको सुनुवाइमा भाग लिन बुशरा खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।