सडक विस्तार हुँदै गएपछि हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै

 माघ ६, २०८१ आइतबार १५:२८:४ | रासस
unn.prixa.net

तस्वीर : रासस

मनाङ – पर्यटकको आकर्षक केन्द्रका रूपमा रहेको हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको २० वर्षपछि डुम्रे–बेँसीशहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।

डुम्रे–बेँसीशहर–चामे आयोजनाले गएको आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेँसीशहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका ठाउँमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका गाडी आवतजावत गर्नुपर्ने भएकाले मनाङको विकासलाई पनि सहयोग पुगेको छ ।

बेँसीशहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि ५१ करोड रुपैयाँ बजेट विनियोजन भएको आयाेजनाका सबइन्जिनियर अधिकारीले जानकारी दिनुभयो । आयोजना निर्माणस्थलमा सामग्री पुर्‍याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिनुभयो ।

मनाङको चामे गाउँपालिका–१, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्ने गरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले सडक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रबन्धक प्रधानले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया