एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न अर्थमन्त्रीको सुझाव

 फागुन १७, २०७६ शनिबार १९:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । 

शनिबार काठमाण्डौमा जनचेतना नेपालको छैटाैँ वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले फिल्म सुटिङस्थल निर्माण गर्न लागेकाे बताउनु भयाे । उहाँले विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणाली मार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहनुभएका खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई जीवनवृत्ति दिने व्यवस्था समेत सरकारले गरिरहेको बताउनुभयो । 

लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उहाँले बताउनुभयो । देशमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया