आज विश्व मिर्गौला दिवस मनाइँदै
फागुन २९, २०८१ बिहिबार
तेह्रथुम – म्याङ्लुङ नगरपालिकाले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा पचास प्रतिशत कम मात्रै राजश्व संकलन भएको छ ।
नगरपालिकाले निर्धारण गरेको लक्ष्य रकमको आधा भन्दा कममात्रै राजश्व संकलन गरेको हो । सरोकारवालाले नगरपालिकाले हौसिएर आन्तरिक आम्दानी बढी हुने अनुमान लगाउँदा नगरपालिकाले लक्ष्य रकमको आधा भन्दा कम मात्रै राजश्व संकलन गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ८१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा अहिलेसम्म अवधिमा नगरपालिकाले ३३ लाख ८२ हजार ४ सय ८५ रुपैयाँमात्रै राजश्व संकलन गरेको छ । यस्तै नगरपालिकाले नगद लागत सहभागितातर्फ ७५ लाख ३६ हजार रुपैयाँ संकलन हुने अनुमान लगाएकोमा ७३ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।
लागत सहभागितातर्फ भने नगरपालिकाले लिएको लक्ष्यले मेल खाएको छ । नगरपालिकाको दोस्रो नगरसभामार्फत नीति तथा कार्यक्रममा आगामी वर्षबाट नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने र लागत सहभागितालाई अझै व्यवस्थित गर्ने लक्ष्य लिएको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।