राष्ट्रिय वाणिज्य बैंकको शाखा दुईसय नाघ्यो

 असार २९, २०७५ शुक्रबार १३:१६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको शुक्रबारदेखि दुईवटा शाखा कार्यालय थपेर कारोबार शुभारम्भ गरेकोे छ । डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नम्बर ४ स्थित इल निलदहमा शाखा कार्यालय मुड्केचुला र पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ५ स्थित शाखा कार्यालय सुवर्णपुर को कारोबार शुभारम्भ भएको छ । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप बैकले स्थानीय नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । बैंकको अहिले ७३ जिल्लामा २०१ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरेर ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया