नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत पुग्यो

 वैशाख १३, २०७६ शुक्रबार २०:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत पुगेको छ । 

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार १५ वर्ष र त्योभन्दा धेरै उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्यामध्ये ७० लाख ८६ हजार व्यक्ति रोजगारीको क्षेत्रमा छन् । 

बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार र ३ लाख ९७ हजार महिला बेरोजगार छन् । 
यस्तै श्रम शक्ति भन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेकोमा पुरुष ४२ लाख ५० हजार र महिला ८५ लाख रहेका छन् । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । 

महिलाले पुरुषको तुलनामा औसत मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम कमाउने गरेका विभागको प्रतिवेदनमा उल्लेख छ । श्रमशक्तिको औसत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार बेरोजगारी दरलाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नं. २ मा २०.१ प्रतिशत र सबैभन्दा कम प्रदेश नं. ३ मा ७ प्रतिशत मात्र रहेको छ ।

श्रम तथ्याङ्कको पछिल्लो परिभाषाअनुसार रोजगारीमा रहेको व्यक्ति हुन सन्दर्भ अवधिमा कम्तीमा १ घण्टा तलब/ज्याला पाउने काम गरेको वा नाफा/नोक्सान आफै बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न भएको हुनुपर्दछ । 

रोजगारसम्बन्धी विवरणका लागि गणनाको दिनभन्दा ठिक अघिका ७ दिन (विगत ७ दिन) लाई सन्दर्भ अवधि मानिएको छ ।

सन्दर्भ अवधिमा तलब/ज्याला पाउने काममा वा नाफा/नोक्सान आफै बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न नभएका तर विगत ३० दिनमा तलब/ज्याला पाउने काम सक्रियतापूर्वक खोजेका र त्यस्तो काम गर्न उपलब्ध भएका व्यक्तिहरूलाई बेरोजगार मानिएको छ ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया