सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ - प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलिय तरुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गर्नुभएको हो ।
बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको हो । जसअनुसार, व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ । त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिनुभयो । त्यसका लागि कम्तीमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।
बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रीन कार्ड होल्डरको हकमा भने यो योजना लागू नहुने पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले स्पष्ट पार्नुभयो । महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताउनुभयो ।
प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा सञ्चालनका लागि कठिनाई भैरहेका बाँकी स्थानीय तहमा पनि ब्रान्चलेस बैंकिङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताउनुभयो ।
बैंकले १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।