टाट पल्टिएको जेट एअरको काठमाण्डौसहित सबै अन्तर्राष्ट्रिय उडान स्थगित

 चैत २९, २०७५ शुक्रबार १७:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जेट एअरवेजले काठमाण्डौ–नयाँ दिल्लीसहित सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।

काठमाण्डौ– दिल्ली दैनिक दुई उडान गर्दै आएको जेटले आन्तरिक कारण देखाएर शुक्रबारदेखि मे ५ तारिखसम्म उडान स्थगित गरेको जानकारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

जेट एअरका लागि टिकट बुकिङ गरेका यात्रुलाई उसले अरु विमानमार्फत भारत पठाएको पनि विमानस्थल कार्यालयले जनाएको छ । 

जेटले बोइङ ७३७ एअरक्राप्टमार्फत काठमाण्डौ–दिल्ली दैनिक २ उडान गर्दै आएको थियो । कम्पनी घाटामा गएपछि उसले अन्तर्राष्ट्रिय उडान नै बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जेट एअरवेजसँग १०० भन्दा बढी जहाज छन् । यसले ६०० वटा गन्तव्यमा आन्तरिक तथा ३८० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको थियो । 

अन्तर्राष्ट्रिय उडानको लागि  कम्तीमा २० वटा जहाज चाहिने भए पनि टाट पल्टँदै गएको जेटसँग अहिले १४ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएकाे थियो  । जेट एअरवेज एक अर्ब अमेरिकी डलर भन्दा बढी ऋणमा रहेको छ । 

जेट एअरवेज कम्पनी टाट पल्टिन थालेसँगै पाइलटले पनि आन्दोलन गरिरहेका छन् । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया