मन्त्री महासेठ नआएपछि विकास समितिको बैठक स्थगित

 चैत ४, २०७५ सोमबार १५:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । 

बहुवर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो ।

समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो । १२ बजेका लागि बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो ।

यता, समितिका सदस्यहरुले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए । समितिका सदस्य यज्ञराज सुनुवारले सांसदहरुको चाहिँ काम नहुने जसरी मन्त्रीहरु महत्वपूर्ण बैठकमा पनि उपस्थित नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले बहुवर्षीय आयोजनाबारे कुनै कामै नगरेकाले पनि मन्त्री महासेठ समितिको बैठकमा अनुपस्थित भएको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।

बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित हुनुु भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यस्ततालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गर्नु भएको थियो । उहाँले राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएर आउँदा समितिको बैठकमा आउन केही ढिलाई भएको पनि स्पष्टिकरण समितिलाई दिनु भएको थियो । कार्यव्यस्ततालाईलाई ध्यानमा राखेर मन्त्रीहरुलाई समितिको बैठकमा बोलाउन सभापति खड्कालाई अर्थमन्त्री खतिवडाले आग्रह छ ।

समितिको बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको थियो । तर साढे १२ बजेसम्म पनि मन्त्री महासेठ बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको पनि समितिकी सभापति खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया