राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाण्डौ – युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो ।
नेपालले अस्ति शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ ।
आजै घरेलु टोली युगान्डा र नामिबियाले फाइनल खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।