हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे
चैत ३, २०८१ आइतबार
तनहुँ – आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन क्षमताभन्दा आधा कम भएको छ । ६९ मेगावाट क्षमताको विद्युत् केन्द्रबाट औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको उहाँको भनाइ छ ।
गएको पुसदेखि नै विद्युत् उत्पादन घट्न थालेको हो । हिउँ पग्लिन थालेपछि नदीमा पानीको बहाव बढ्छ । केन्द्रका अनुसार नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरी बिहान र बेलुका ‘पिकआवर’ मा सकेसम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गरिएको छ ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाण्डौको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।