गण्डकीलाई ३१ रनमै अलआउट गरेकाे काेशीकाे पहिलाे जीत

 चैत ३, २०८१ आइतबार १२:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएकाे छ ।

गण्डकीले दिएकाे ३२ रनकाे लक्ष्य काेशीले १ विकेट गुमाएर २ सय ५० बलअघि नै भेटायाे । काेशीका शकिब हकले नटआउट १६ रन बनाए । गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए ।

यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । प्रधानमन्त्री कप क्रिकेट इतिहासमा याे दाेस्राे कम याेगफल हाे । यसअघि गएकाे वर्षकाे संस्करणमा गण्डकीसँगकाे खेलमा काेशी २५ रनमै अलआउट भएकाे थियाे ।

आजकाे खेलमा गण्डकीका कुनै पनि खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए । काेशीका विपिन महताेले ६ विकेट लिए ।

याेसँगै काेशीले पाँचाैं खेलमा पहिलाे जीत हात पारेकाे छ भने गण्डकीले चार खेलमा तेस्राे हार बेहाेरेकाे छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया