पालिकाहरूमा १ सयभन्दा धेरै सीमा विवादका घटना

 फागुन २५, २०८१ आइतबार १२:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – पालिकाहरूबीच सीमा विवादमा घटना १ सय नाघेको छ । गएको आर्थिक वर्षमा ६२ वटा सीमा विवादका फाइल रहेकामा साउनपछि अहिलेसम्म ३९ वटा थपिएर १ सय १ वटा पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै कर्णालीबाट २१ र सबैभन्दा कम मधेशबाट एउटा घटना आएको मन्त्रालयले जनाएको छ । सरकारले समयमा पालिकाको सीमा विवादलाई समाधान नगरेकाले सिमाना विवाद बढ्दै गएका छन् ।

सीमा विवादले एउटा पालिकाका सेवाग्राहीलाई सेवा लिन अर्को पालिका हुँदै जानुपर्ने मात्र नभई घरजग्गा, सम्पत्ति दर्ता र राजस्व तिर्नसमेत नपाउने अवस्था छ । सीमाको समस्याले गर्दा कतिपय वडा कार्यालयमा पुग्न ५० मिटर दूरीको बाटोलाई ५ घण्टा लगाएर जानुपर्ने अवस्था छ ।

पालिकाका जनप्रतिनिधिले सीमा विवाद मिलाउन पटक पटक मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएको छैन । सीमा विवाद बढ्दै गएका छन् ।

मन्त्रालयका सङ्घीय मामिला महाशाखाका प्रमुख एवम् सहसचिव प्रकाश दाहालले स्थानीय सरकार सञ्चालन ऐनको संशोधित मस्यौदामा पालिकाको सीमा विवादको व्यावहारिक खाका प्रस्ताव गरेको र ऐनको संशोधन मस्यौदा अहिले कानून मन्त्रालयमा अड्किएको बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया