'बी' डिभिजन लिग फुटबलकाे तयारी पूरा

 फागुन २४, २०८१ शनिबार ९:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको जनाएको छ ।

'बी' डिभिजन लिग भोलिदेखि शुरू हुँदैछ । ३ वर्षपछि हुन लागेको लिगका खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला हुनेछन् । नेपाल सुपर लिग (एनएसएल) सँग लिगको मिति जुधेका कारण हप्तामा एक वा दुई खेल दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ । एनएसएल आउँदो चैत १६ गतेदेखि शुरू हुनेछ ।

फिफाले 'बी' डिभिजन लिगका लागि झन्डै २ करोड रुपैयाँ बजेट उपलब्ध गराउनेछ । तर फिफाले कम्तीमा १ सय दिनको लिग गराउनुपर्ने भनेको छ । तर एन्फाले मैदान र विभिन्न कारणले ९३ दिनको खेल तालिका रहेको जानकारी दिएको छ ।

लिगमा १४ वटा क्लबले सिङ्गल राउन्ड रोबिनका आधारमा खेल्नेछन् । यो लिगबाट अङ्क तालिकाको शीर्ष २ मा रहने क्लब 'ए' डिभिजनमा बढुवा हुनेछन् । अङ्क तालिकाको पुछारमा रहने २ वटा क्लब 'सी' डिभिजनमा घटुवा हुनेछन् ।

लिगको विजेता टोलीले १५ लाख, दोस्रोले १० र तेस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । लिगको तयारीका लागि हरेक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिएको एन्फाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया