न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमणडौ – फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो ।
एशियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान एक सय ७१औं स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ । तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।