रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले ब्याटिङ रोजेका छन् ।
आजकाे खेलमा न्युजिल्यान्डकाे टाेलीमा कप्तान स्यान्टनरसँगै विल याेङ्ग, रचिन रविन्द्र, केन विलियमसन, ड्यारेल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी केइल जेमिसन र विलियम ओराेर्के छन् ।
यस्तै दक्षिण अफ्रिकाकाे टाेलीमा कप्तान बभुमासँगै रायन रिकेलटन, रसी भान डेर डसेन, एडन मारक्रम, हेनरिच क्लासेन, डेभिड मिलर, विआन मुल्डेर, मार्काे यान्सेन, केशव महाराज, कगिसाे रबाडा र लुङ्गी एन्गिडी छन् ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म दुई पटक भेट भएकोमा दुवै टोलीले एक/एक खेल जितेका छन् । यस्तै एकदिवसीय क्रिकेटमा दुई टोलीबीच ७३ पटक भेट भएकोमा दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । यस्तै पाँच खेल नतिजाविहीन भएको छ ।
दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २६ गते दुबईमा हुनेछ ।
आठ वटा टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।