रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने 'स्मोक ग्रिनेड' प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ ।
विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप भएको हो ।
झडपका क्रममा तीन जना सांसद घाइते भएका छन् । एक जनालाई हृदयाघात भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सर्बियामा ४ महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको ज्यान गएपछि विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।
आन्दोलनले बृहत् रूप लिएको छ । सत्तापक्षले भने सरकारलाई कमजोर बनाउन पश्चिमा गुप्तचरहरूले आन्दोलन चलाएको आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।