रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – थापाथलीमा हिजो बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।
हिजो थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि क्षति पुगेको थियो । पाइप फुटेपछि बिग्रिएको सडक डोजर प्रयोग गरेर त्यहाँ जम्मा भएका ढुङ्गा र गिट्टी हटाइ हिजै सफा गरिएको थियो ।
यसअघि गएको माघ ३० गते काठमाण्डौको बिजुलीबजार–बबरमहल सडक खण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला यो क्षेत्रमा रहेका वन कार्यालयलगायतका सरकारी कार्यालयहरू जलमग्न भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।