रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
एक अर्ब भारतीय नागरिकसँग खर्च गर्ने पैसा नभएको एक प्रतिवेदनले देखाएको छ । झन्डै एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा एक अर्ब नागरिकसँग खर्च गर्ने पैसा नभएको भेन्चर क्यापिटल फर्म ब्लूम भेन्चर्सको रिपोर्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
यसबाहेक ‘इमर्जिङ’ वा ‘आकाङ्क्षी’ भन्न सकिने ३० करोड मानिस छन् तर उनीहरू खर्च गर्न तयार छैनन् किनभने उनीहरूले भर्खरै खर्च गर्न थालेका प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार एशियाको तेस्रो ठूलो अर्थतन्त्रको उपभोक्ता वर्गको क्रयशक्ति जति बढ्दै गएको छ त्यति विस्तार हुन सकेको छैन । यसको मतलब भारतमा धनीहरूको जनसङ्ख्या बढिरहेको छैन तर पहिलेदेखि नै सम्पन्नहरू धनी हुँदै गएका छन् ।
यी सबै मिलेर देशको उपभोक्ता बजारलाई फरक ढङ्गले आकार दिइरहेका छन् । अहिले भारतको बजारमा किफायती अर्थात् सस्तो घरको हिस्सा १८ प्रतिशत छ, पाँच वर्षअघि यो हिस्सा ४० प्रतिशत थियो ।
त्यस्तै ब्रान्डेड वस्तुको बजार हिस्सा बढ्दै गएको छ । केल्डप्ले र एड शीरन जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूको कन्सर्टको टिकक उच्च मूल्यमा बिक्री हुनु यसको उदाहरण भएको प्रतिवेदनमा उल्लेख छ । धनीहरूलाई चाहिने महँगो र उन्नत उत्पादनहरूमा ध्यान केन्द्रित गरेर ब्रान्डहरूले आफ्नो वृद्धि दर बढाइरहेका छन् ।
भारतमा असमानता बढ्दै गइरहेको छ र शीर्ष १० प्रतिशत भारतीयहरूले राष्ट्रिय आयको ५७ दशमलव ७ प्रतिशत ओगटेका छन्, सन् १९९० मा यो हिस्सा ३४ प्रतिशत थियो । राष्ट्रिय आयमा देशको तल्लो आधा जनसङ्ख्याको हिस्सा २२ प्रतिशतबाट १५ प्रतिशतमा झरेको छ ।
भारतको केन्द्रीय बैंकले पनि सहज र असुरक्षित ऋणमा कडाइ गरेको छ । कोभिड–१९ महामारीपछि यस्तो कर्जामा तीव्र वृद्धि देखिएको छ ।
भारतको मध्यम वर्ग उपभोक्ताको मागको मुख्य स्रोत बनेको छ, तर मार्सेलस इन्भेस्टमेन्ट म्यानेजरले सङ्कलन गरेको तथ्याङ्क अनुसार तलब उस्तै रहँदा यो वर्गको अवस्था खस्कँदै गएको छ । भारतमा कर तिर्ने जनसङ्ख्याको ५० प्रतिशतको तलब विगत दशकमा स्थिर रहेको छ । यसको मतलब महँगी जोड्दा उनीहरूको आम्दानी आधा भएको छ ।
कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले बिस्तारै क्लर्क, सेक्रेटरी र अन्य नियमित कामहरूलाई प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।