नागरिकले सबैभन्दा धेरै मन पराएकाे राजनीतिक दल एमाले हाे : ओली

 पुष २५, २०८१ बिहीबार १८:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका सन्दर्भमा आज आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा नागरिकले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको जिकिर गर्नुभयाे ।

ओलीले आफू इमानदारिताका साथ काम गर्ने व्यक्ति भएको उल्लेख गर्नुभयाे । केही मानिसले केपी ओली को हो र भन्ने गरेको आफूले सुनेको भन्दै उहाँले आफू साधारण मान्छे भएको बताउनुभयो ।

ओलीले एमालेसँग युवाशक्ति छ कि छैन भन्ने कुरा आउँदाे फागुन १५ गतेको अनेरास्ववियुको चुनावबाट देखाउनुपर्ने बताउनुभयो । प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया