प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जित्यो

 पुष २६, २०८१ शुक्रबार ६:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । हिजो बिहीवार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले जितेको  हो ।

फाइनल खेलमा जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । बैतडीले पाएको ७२ रनको लक्ष्य १२ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् ।

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बैतडीका लागि जानकी थापाले २ विकेट लिइन् । जानकी ओम्यान अफ द फाइनलसमेत चुनिइन् । यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् ।

कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बनिन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका सात टोलीको सहभागिता थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया