अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – न्युजिल्यान्डका क्रिकेट खेलाडी मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले नेपाल प्रिमियर लिग एनपीएलमा पनि विराटनगर किङ्सको टोलीबाट खेलेका थिए ।
३८ वर्षीय गप्टिलले आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा न्युजिल्यान्डका लागि ३ सय ६७ खेलमा १ सय ९८ एकदिवसीय १ सय २२ टी–२० र ४७ टेस्ट खेलेका छन् ।
उनले तीनै फर्म्याटमा २३ शतक प्रहार गर्दै अरु धेरै कीर्तिमानहरू बनाएका छन् । अकल्याण्ड एसिज टिमको कप्तानी गरिरहेका गप्टिलले टी–२० फ्रेन्चाइज क्रिकेट खेलिरहने बताएका छन् ।
गप्टिलले सन् २००९ देखि २०२२ सम्मको आफ्नो अन्तर्राष्ट्रिय करियर न्युजिल्यान्डको टी–२० इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको रूपमा समाप्त गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।