मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा गाडी नरोक्ने निर्णय

 पुष २५, २०८१ बिहीबार १५:१३:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा गाडी नरोक्ने निर्णय भएको छ । गएको हप्ता दिउँसोमा गाडी रोकेर स्तरोन्नतिका काम भएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर विजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म गाडी रोकेर काम गरेको भए पनि अहिले गाडी सञ्चालन गरेरै धमाधम काम भइरहेको छ ।

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरदेखि काम शुरू गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो । अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरिनटार क्षेत्रमा कालोपत्रका लागि बेस र सब–बेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साँघुरा र भित्तो काट्न एवम् पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात् नौ मिटर फराकिलो सडक बन्दैछ । उकालो ठाउँहरूमा तीन लेन अर्थात् १२ मिटरको हुने छ । बजार क्षेत्र कुरिनटार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका ६ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक हुनेछ भने मुग्लिन, बेनिघाट र मलेखु बजारमा ट लेन अर्थात् २६ मिटर फराकिलो सडक हुनेछ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । निर्माण कम्पनीले चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया