सिद्धबाबामा सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ८ मिटर मात्रै बाँकी
पुस २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लु' बाट पहिलो व्यक्तिको ज्यान गएको छ । अमेरिकी राज्य लुइसियानाका एक जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लुइसियाना स्वास्थ्य विभागले बिरामीको उमेर ६५ वर्ष रहेको जनाएको छ । मृतक व्यक्ति जङ्गली चरासँग घुलमिल भइरहने हुँदा उनलाई बर्ड फ्लु लागेको खबरमा उल्लेख छ । विभागले अरू कुनै व्यक्तिमा यस्तो सङ्क्रमण नदेखिएको जनाएको छ ।
एक जनाको ज्यान गए पनि आममानिसमा अहिले कुनै जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरूलाई भने केही जोखिम रहेको छ । डाक्टरहरूले एच फाइभ एन वन लागिसकेपछि बचाउने उपाय नभएकाले रोग लाग्नै नदिनु बच्ने एकमात्र उपाय भएको बताएका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसलाई सतर्क रहन आग्रह गरेको छ । सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा ६६ जनामा एच फाइभ एन वन बर्ड फ्लु पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकाबाहिर ९ सय ५० जनाभन्दा धेरै जनामा सङ्क्रमण देखिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।