सिद्धबाबाकाे मुख्य सुरुङ खन्न अब ८ मिटर मात्रै बाँकी
पुस २४, २०८१ बुधबार
कैलाली – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा स्वास्थ्यमन्त्री पाैडेलले विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको हो । गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न सकिने उहाँकाे भनाइ छ ।
मन्त्री पौडेलले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउँदै नियमावली परिवर्तन गर्नुपर्ने भए पनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने जानकारी दिनुभयो ।
मन्त्री पौडेलले गेटा अस्पतालमा चाैबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा सात अर्ब रुपैयाँका भौतिक संरचना निर्माण भएका छन् र ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।