जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट

 पुष २१, २०८१ आइतबार १६:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा बाग्मती प्रदेशसँगकाे खेलमा बाग्मती प्रदेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको छ ।

जनकपुरमा टस जितेर ब्याटिङ गरेकाे मधेश ३५ ओभर ३ बलमा १ सय २ रनमै समेटियो । मधेशका मयन यादवले सबैभन्दा धेरै २१ रन बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । अहिले बाग्मतीले पहिलाे पारीकाे ब्याटिङ गरिरहेकाे छ ।

दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ । यस्तै पुलिस आरिफ शेख, मधेश हरि शंकर र बाग्मती सन्दीप लामिछानेको कप्तानीमा खेलिरहेको छ ।

प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोफी फाइनलमा पुग्नेछन् । फाइनल खेल पनि तीन दिवसीय फर्म्याटमा हुनेछ ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया