यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो ।
भूकम्पले ठूलो क्षति नपुर्याए पनि सामान्य क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले ६ वटा घरमा क्षति पुगेको जनाएको छ ।
यसैगरी काठमाण्डौको स्युचाटारमा एक जना व्यक्ति घरको छतबाट हाम फाल्दा घाइते भएका छन् । यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ को त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोश भएका छन् । सामान्य उपचारपछि उनीहरू घर फर्किएका छन् ।
प्रहरीले क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ । चीनमा भने ५३ जनाभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।