यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यम...
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – आज बिहान गएको भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पनि अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण नआइसकेको जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट झण्डै ९० किलोमिटर उत्तरमा रहेको छ ।
भूकम्पको धक्का नेपालमा काठमाण्डौ उपत्यकासहित पूर्वी पहाडी र तराई क्षेत्रमा महसुस गरिएको थियो । त्यस्तै चीन, भारत, बङ्गलादेश र भुटानमा पनि धक्का महसुस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।