घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने ? : सञ्चारमन्त्री गुरुङ

 पुष २०, २०८१ शनिबार १३:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताउनुभएको छ । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भने पनि आम मानिस घुस दिँदा हैरान भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भने पनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ । देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

‘घुस दिनुको पीडा जनतालाई थाहा छ नि, ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुस खाएँ भनेर भन्न कसैले आउँदैन । जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन । सामान्य मान्छेले प्रधानमन्त्रीलाई भेट्नै पाउँदैन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया