बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
कास्की – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको ज्यान गएको छ ।
कात्तिक १२ गते अन्नपूर्ण बेसक्याम्पमा गएका पर्वत मोदी घर भएका ४२ वर्षीय असई ढुंगानाको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घान्द्रुक प्रहरी चौकीका इन्चार्जसमेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपूर्ण आधार शिविर गएका थिए । टोलीमा ११ जना सेना र ३ जना प्रहरी गरी १४ जना थिए । टोली मंगलवार गुटेरेस फर्किएपछि हिँडेर फर्कँदै थियाे ।
कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाका अनुसार राति खाना खाएर सुतेका उनलाई पखाला लागेको र समस्या हुन थालेपछि उद्धारका लागि हेलिकोप्टरमा पठाइएको थियो । उनलाई मणिपाल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।