गोरखा बजारको खोलखोलेमा शङ्कास्पद वस्तु भेटिएपछि आँबुखैरेनी–गोरखा सडक बन्द

 भदौ १६, २०८० शनिबार ८:२:७ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा शङ्कास्पद वस्तु फेला परेकाे छ ।

आज बिहान झन्डै ५ बजे सडकमा शङ्कास्पद वस्तु देखिएपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत बन्द गरिएकाे एसपी अनुपम श्रेष्ठले बताउनुभयाे । 

सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे छ । 

नेपानी सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि सडक सञ्चालनमा आउने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया