रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे

 मंसिर १३, २०८१ बिहीबार १८:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि प्रहरीले पाेखराबाट काठमाण्डाै ल्याएकाे छ ।

लामिछानेलाई बुद्ध एअरकाे विमानमार्फत केहीबेरअघि काठमाण्डाै ल्याइएकाे प्रहरीले जनाएकाे छ । उनलाई पोखराबाट काठमाण्डाै ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियाे । विमानस्थल परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियाे ।

काठमाण्डाैकाे कालीमाटीमा रहेकाे स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई काठमाण्डाै ल्याएकाे हाे । उनीविरुद्ध काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गएकाे कात्तिक २ गते काठमाण्डाैबाट पक्राउ परेका लामिछाने एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यसअघि उनलाई सहकारी ठगी प्रकरणमा प्रहरीले रुपन्देही लगेर बयान लिएकाे छ ।

सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया