युक्रेनद्वारा रुसमाथि अमेरिकी क्षेप्यास्त्र आक्रमण

 मंसिर १२, २०८१ बुधबार ११:५९:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस ४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको बीबीसीले जनाएको छ ।

केही दिन अघि मात्र अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न हरियो सङ्केत दिएको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।

यसैबीच युक्रेनी वायु सेनाले अस्ति सोमवार राति रुसले १ सय ८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । त्यसयता युक्रेन र रुसबीच तनाव उत्कर्षमा पुगेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया