६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
महाेत्तरी – महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको छ । गए राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गुडिरहेको प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।
सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउन सुगर बरामद भएको हो । एम्बुलेन्सको जाँच गर्ने क्रममा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा रहेका अन्य एक जनासहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।