‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी कारोबार गर्न सकिने

 साउन १७, २०८० बुधबार ९:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘आइएमई पे’ले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत् ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता लिङ्क गरी सुरक्षित ढंगले राख्न सक्छन । 

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनाैट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सहज रूपमा सोझै भुक्तानी गर्न सकिनेछ । 

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धतामा पनि ठूलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याएको आइएमई डिजिटल सोलुसन लिमिटेड ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाइ छ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया